Logo
Logo

सञ्चारमन्त्रीको राजीनामा माग्दै कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामाको माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसन प्रकरणमा मुछिएपछि कांगे्रसले बिहीबारको बैठक अवरुद्ध गरेको हो ।
राष्ट्रियसभा बैठक सुरु हुनासाथ कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्री बाँस्कोटालाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गरेका थिए । सञ्चारमन्त्री बाँस्कोटाले स्वीस एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि त्यस विषयमा टुंगो नलागेसम्म राष्ट्रियसभा बैठक चल्न नदिने कांग्रेसले चेतावनी दिएको छ । बैठकमा कांग्रेसका सांसदहरु आ–आफ्नो स्थानमा उभिएर बैठक अवरुद्ध गरेपछि १५ फागुनसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्