Logo
Logo

उपत्यकासहित देशभर वर्षा र हिमपातको सम्भावना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ फागुन । पश्चिमी न्यून चापीय वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
न्यून चापीय प्रणालीको प्रभावले देशभरि बदली रही पहाडी भूभागका एक–दुई स्थान र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् । उनका अनुसार उक्त वायुको प्रभावले देशका धेरैजसो स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उपत्यकामा केही समय घाम लागेपनि मध्याह्नबाट बदली भई वर्षा हुने बताइएको छ ।
उपत्यकामै पनि कुनै ठाउँमा वर्षा हुने कुनै ठाउँमा नहुने बताइएको छ । पश्चिमी वायुको प्रभाव शनिबारबाट विस्तारै कम हुँदै गएपनि तुवाँलो भने यथावत रहने छ । तुवाँलो ह्टनका लागि भारी वर्षा हुनुपर्छ र हावाको गति पनि बढ्नुपर्छ । तर, तत्काललाई भारी वर्षाको सम्भावना भने नरहरेको कँडेलले बताइन् ।
यस्तै, शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही पूर्वी भूभागका केही स्थानमा हल्का वर्षा र पश्चिमी तथा मध्यम क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थान र पश्चिमी पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्