Logo
Logo

दुस्प्रचारमा नलाग्न प्रधानमन्त्री सचिवालयको आग्रह


693
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयले तथ्य प्रमाणविना झुट्टा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ । केहीदिन अघि प्रधानमन्त्री र स्वकीय सचिवको नाम एनसेल प्रकरणमा मुछेर दुस्प्रचार गरेकामा सचिवालयले आपत्ति जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री र सचिवालयमाथि लगाइएका त्यस्ता आरोपको पुष्टि गर्न चुनौतीसमेत दिएका छन् । यसै विषयलाई लिएर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालबाट झुट्टा प्रचार भइरहेकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले यसप्रकारका दुस्प्रचारबाट भ्रमित नहुन सबैमा आग्रह गरेका छन् ।

कानुन विपरित एनसेलको शेयर खरिदबिक्री प्रक्रिया अघि बढाउन सक्रिय समूह गैरकानुनी कार्य रोक्न लागि परेको सरकारविरुद्ध नै झुट्टा प्रचारवाजीमा उत्रिएको भन्दै सल्लाहकार आचार्यले सरकारले एनसेलको अवैध कार्य रोक्ने र गैरकाननुनी कार्यमा संलग्नमाथि कडा कानुनी कारबाही गर्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्