
काठमाडौं । सहसचिव सेवा लम्साल सचिव बढुका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको शुक्रबार बसेको बैठकले रिक्त रिक्त सचिव(विशिष्ट श्रेणी) पदका लागि सहसचिव लम्सालको नाम सिफारिस गरेको हो ।
मन्त्रालयका सचिव भरतराज पौड्याल गत मङ्गलवार उमेर हदका कारण अनिवार्य अवकाश भएसँगै रिक्त हुन पुगेको सचिव पदमा मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव लम्सालको एकल सिफारिस भएको हो ।
निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन (८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता(२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव लम्सालको नाम मात्रै सिफारिस भएको हो ।














