Logo
Logo

अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु



अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

महेन्द्र राजमार्गको शीतगङ्गा- ८ सातमाराको राप्ति पुल नजिकै ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा ट्रकका चालक नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए ।

उनीहरुको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु प्रहरी निरीक्षक रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्