Logo
Logo

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश पाण्डेयको इजलासमा


882
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । अन्तिम सुनुवाइका लागि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पेशी तोकिएको हो ।

यसअघि गत कात्तिक २३ गते न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट माग गरेको थियो । दुवै पक्षबाट बहस नोट पेश भएपछि आज आइतबार सुनुवाइका लागि पेशी तोकिएको हो ।

अब दुवै पक्षले बहस नोटमा जिकिर लिएका विषयहरूलाई थप प्रस्ट पार्न अन्तिम सुनुवाइ गर्नेछन् । त्यसपछि न्यायाधीशले आफ्नो फैसला सुनाउने वा निर्णय सुनाउन अर्को पेसी तोक्न सक्नेछन् ।

आज निर्णय सुनाउने आदेश भएमा भने पछि पनि आज पेसी परेका न्यायाधीशले नै फैसला गर्नुपर्नेछ । सन्दीप प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा हाल उमेर विवाद नै मुख्य विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्