Logo
Logo

५ मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि शेयर कारोबार बन्द



काठमाडौं । खुला भएको ५ मिनेटमै सेयर बजार उच्च अंकले बढेपछि कारोबार बन्द भएको छ । 

साताको पहिलो दिन आज नेप्से परिसूचक बजार खुलेको ५ मिनेट ५१ सेकेन्डमा ४ प्रतिशतले बढेपछि शेयर कारोबार बन्द गरिएको हो ।

२०१ कम्पनीको ४ लाख ७७ हजार २३१ कित्ता सेयर १६ करोड ५२ लाख ८० हजार ८९० रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा त्रिशुली जलविद्युत कम्पनी, सगरमाथा जलविद्युत कम्पनी, ग्रिन डेभलपमेन्ट बैंक, आँखाखोला जलविद्युत कम्पनीको सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्