Logo
Logo

होटलमा परस्त्रीसँग अर्धनग्न अवस्थामा भेटिएका वडाध्यक्ष पक्राउ


15.2k
Shares

काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष केशव गौतम पक्राउ परेका छन् । गौतम धरान–१२ चतरालाईनस्थित एक होटलको कोठाभित्र परस्त्रीसँग अर्धनग्न अवस्थामा रंगेहात पक्राउ परेका हुन् ।

वडाध्यक्ष गौतमले महिलालाई लिएर होटल गएको थाहा पाएपछि ती महिलाका श्रीमान्‌ प्रहरी लिएर होटल पुगेका थिए । पक्राउ परेका वडाध्यक्ष गौतमविरुद्ध महिलाका श्रीमान्ले उजुरी दिने तयारी गरिरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्