Logo
Logo

अनुसन्धान विभागका तत्कालीन अधिकृत बस्नेतविरुद्ध मुद्दा


1.3k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

बस्नेतले भारतबाट जारी भएको मावि तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रिय अनुसन्धान विभागको सहायक निरीक्षक पदमा नियुक्ति लिई बढुवासमेत भएको भन्ने उजुरीको आधरमा अख्तियारले आइतबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

बस्नेतले भारतीय नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा अनुसन्धान अधिकृत पदको ओहदा, लाभ र सुविधा प्राप्त गरेको भन्ने उजुरीको छानविन गर्दा देषी देखिएकाले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६(१) बमोजिमको कसुर भएकोले उनलाई ऐनको दफा १६(१) बमोजिम कैद र जरिवाना हुन मागदावी गर्दै मुद्धा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्