Logo
Logo

सञ्चारमन्त्रीको राजिनामा, स्वीस दूतावासको खण्डन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ फागुन ।
कमिसन मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजिनामा दिएका छन् । छानबिनका लागि भन्दै उनले राजिनामा दिएका हुन् ।


प्रश्न उठेपछि नैतिकताका आधारमा राजिनामा दिएको उनले उल्लेख गरेका छन् । कञ्चनपुरबाट काठमाडौं आएलगत्तै उनले राजिनामा दिएका हुन् ।
सेक्युरिटी प्रेस खरिदमा स्वीस कम्पनीका प्रतिनिधिसँग कमिसनसम्बन्धि कुराकानीको अडियो सार्वजनिक भएको थियो । स्वीस कम्पनीको प्रतिनिधि बताउने विजयप्रकाश मिश्रले अडियो सार्वजनिक गरेका हुन् ।
उता स्वीस दूतावासले बिज्ञप्ती जारी गरी मिश्र आफ्नो कम्पनीको प्रतिनिधि नरहेको र यो प्रकरण मन्त्रीसँग समेत आफुहरुले कुनै कुराकानी नगरेको स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्