Logo
Logo

एनसेलको सेयर बिक्रीविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा


252
Shares

काठमाडौं । एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे परेको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ । उक्त रिटमाथि प्रारम्भिक सुनुवाइका लागि आइतबार न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको थियो ।

प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट हालेका थिए । सांसद सिंहले रिटमा नेपालको नियम, कानुनको पालना नगरी कर छल्ने उद्देश्यले कम मूल्यमा ८० प्रतिशत सेयर बिक्री गर्न भएको सम्झौतालाई मान्यता नदिन परमादेशको माग गरेका छन् ।

नेपालको नियमनकारी निकायले अनुमति नदिएको अवस्थामा गरिएको सेयर कारोबारको वैधानिकता उत्प्रेषणको आदेशले बदर गर्नसमेत रिटमा माग गरिएको छ ।

एनसेल कम्पनीको सेयरबिक्रीमा विधिको शासनलाई चुनौती भएको उल्लेख गर्दै रिटमा अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड भएको जिकिर गरिएको छ । आजियाटाले आफूसँग भएको एनसेलको ८० प्रतिशत स्वामित्व स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेचेको सार्वनजिक भएपछि विवाद सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्