Logo
Logo

मानवअधिकार दिवसमा राष्ट्रपति सहभागी


रासस

441
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मानवअधिकारको विश्वव्यापी घोषणा भएको ७५ वर्ष पुगेका अवसरमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा सहभागी भएका छन् ।

सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीगण, संसदीय समितिका सभापति, सांसद, संवैधानिक आयोगका प्रमुख एवं पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि र नेपाल सरकारका विशिष्ट कर्मचारीको उपस्थिति थियो । कार्यक्रममा ‘नेपालको मानवअधिकार यात्रा’ सम्बन्धी वृत्तचित्रको प्रदर्शनी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्