Logo
Logo

जसपाको केन्द्रिय कार्यकारिणी समिति बैठक बस्दै


504
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (सोमबार) बस्दै छ । आज बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा आसन्न राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न हुने बताइएको छ ।

बैठक राष्ट्रिय सभाको निर्वाचन र केन्द्रीय समिति बैठक एजेण्डा लगायतमा केन्द्रित हुने जसपाका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार बैठकमा पार्टीले गत भदौदेखि तीन महिनासम्म सन्चालन गरेको संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा पनि हुने छ ।

अभियान अन्तर्गत जसपाले पालिका समितिदेखि प्रदेश समितिसम्म पुनर्गठन गरेको छ । जसअन्तर्गत करिब ९५ वटा पालिका समिति पुनर्गठन भएका जसपाले जनाएको छ । यसैगरी जसपाको मधेश प्रदेशअन्तर्गतका जिल्ला बाहेक २६ जिल्ला समिति पनि पुनर्गठन गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्