
काठमाडौं । संघीय संसद्को महासचिव पदमा पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरिएको छ । संसद् सचिवालयको महासचिव भरतराज गौतमले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पाण्डेको नाम सिफारिस गरेको हो ।
महासचिव गौतमले आइतबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएसँगै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयको नाम सिफारिस गरेका राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ । पाण्डेय प्रतिनिधिसभा सचिवका रूपमा नियुक्त भई कार्यरत छन् ।














