Logo
Logo

एम्बुलेन्सबाट ३ किलोग्राम चरेस बरामद


1.6k
Shares

धनगढी । धनगढीमा झण्डै तीन किलोग्राम चरेससहित बझाङका एम्बुलेन्स चालक समातिएका छन् ।

आज (सोमबार) बझाङको रायल स्वास्थ्य केन्द्रको एम्बुलेन्सका चालक २ किलोग्राम ८ सय ग्राम चरेससहित समातिएका हुन् ।

बझाङबाट विरामी ल्याएर धनगढी आएका एम्बुलेन्स चालक केदारस्यु गाउँपालिका– ३ का ३७ वर्षीय रामबहादुर खातीबाट चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनलाई धनगढी–३ स्थित बोराडाँडी क्षेत्रबाट सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी, संघीय प्रहरीको टिम, जिप्रका कैलाली र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले समातेको हो ।

प्रतिक्रिया दिनुहोस्