Logo
Logo

रास्वपाले संसदीय दलको विधान पुनःसंरचना गर्ने


441
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान पुनःसंरचना गर्ने निर्णय गरेको छ । सोमबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको संसदीय दलको बैठकमा दलको विधानमा पुनःसंरचना गर्ने विषयमा छलफल भएको सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

‘हामीले यसअघि नै संसदीय दलको विधानको मस्यौदा तयार गरेका थियौँ । जलेश्वरको बैठकपछि त्यसलाई फेरि पुनःसंरचना गर्नपर्ने भएर विधानसम्बन्धी छलफल ग¥यौ’ उनले भने ।

बैठकमा आगामी अधिवेशनमा संसद् र संसदीय समितिलाई सक्रिय बनाउने विषयमा छलफल भएको उनले बताए । उनका अनुसार सांसदले आफ्नो क्षेत्रगत समस्या संसदको शून्य समयमा र राष्ट्रिय मुद्दा विशेष समयमा प्रस्तुत गर्ने विषयमा छलफल भएको बताए । प्रमुख सचेतक परियारले भने, ‘पार्टीले राष्ट्रिय मुद्दालाई अध्ययन र अनुसन्धान गरी टुङ्गाउने हिसाबले उठान गर्नेबारे पनि छलफल भयो ।’

सचेतक निशा डाँगीले जनताका मुद्दा र सार्वजनिक महत्वका विषयमा उठाएको मुद्दाको सम्बोधन र समाधानका विषयमा पार्टी कहाँ चुक्यो भन्नेमा छलफल भएको जानकारी दिए ।

‘हामीले विगतमा जे जति मुद्दा उठायौँ, त्यसलाई टुङ्गोमा पु¥याउन बिर्सिएको होकि भन्ने विषय आजको बैठकमा छलफल भयो’ उनले भने, ‘विगतमा हामी कहिँकतै चुकेको भए आगामी दिनमा कस्ता मुद्दा उठाउने र त्यसलाई कसरी निरन्तरता दिने विषयमा पनि छलफल केन्द्रित भयो ।’

प्रतिक्रिया दिनुहोस्