
काठमाडौं । अभियन्ता ईः आज ललितपुर महानगरपालिका कार्यालय अगाडि १०८ मिनेट उभिने भएका छन् । फुटपाथ पसल हटाउने महानगरपालिकाको निर्णयविरुद्ध उनले महानगरको कार्यालय उभिएर विरोध जनाउन लागेका हुन् ।
यसअघि काठमाडौं महानगरपालिकाले फुटपाथबाट व्यापारीहरुलाई हटाएको विरोधमा अभियन्ता ईःले राष्ट्रिय सभागृह अगाडि १९९ घण्टासम्म उभिएर विरोध जनाएका थिए । त्यतिबेला महानगरपालिका र ईः बीच फुटपाथ पसललाई व्यवस्थित गर्ने लगायतका चार बुँदामा सहमति भएको थियो ।
ललितपुर महानगरपालिकाले पनि विकल्पविना फुटपाथका व्यापारीहरुलाई हटाउने निर्णय गरेपछि ईःले फेरि उभिएर विरोध जनाउन लागेका हुन् । उनले मंगलबार अपराह्न ३ बजेदेखि ललितपुर महानगरपालिका कार्यालय अगाडि उभिएर विरोध जनाउने जानकारी दिएका छन् ।














