
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जन्मदिनको शुभकामना दिएका छन् ।
मंसिर १४ गतेदेखि एमालेले सुरु गरेको मेची महाकाली संकल्प यात्राको क्रममा खोटाङको दिक्तेल पुगेका ओलीले गएराति प्रचण्डलाई टेलिफोन गरेर जन्मदिनको शुभकामना दिएका हुन् । ओलीले प्रधानमन्त्री प्रचण्डलाई जन्मदिनको शुभकामना दिएको विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
‘आज रामेछाप, सिन्धुली, ओखलढुङ्गा र खोटाङ गरी हाम्रो यात्रा चार जिल्ला पार गर्यो । दिनभर व्यस्त थिएँ । साँझ दिक्तेल आएपछि प्रधानमन्त्री तथा मेरा मित्र पुष्पकमल दाहाल प्रचण्डसँग फोनमा कुरा भयो’, ओलीले भनेका छन्, ‘उहाँको आज जन्मदिन, जन्म दिनको शुभकामना !’
प्रधानमन्त्री प्रचण्डको हिजो (मंगलबार) जन्म दिन हो । २०११ साल मंसिर २६ गते जन्मिएका प्रचण्ड हिजोबाट ६९ वर्ष लागेका छन् ।














