
काठमाडौं । सरकारले टिकटकमा लगाएको प्रतिबन्धविरुद्ध परेको रिट आज पनि हेर्न नभ्याइने सूचीमा परको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेशी तोकिए पनि उक्त रिटमा सुनुवाई भने हुन नसकेको हो ।
उक्त रिट ढुंगाना र श्रेष्ठको संयुक्त इजलासमा ३०औँ नम्बरमा थियो। त्यसअघिका मुद्दा हेर्दामै समय लाग्ने भएपछि टिकटक प्रतिबन्ध विरुद्धको मुद्दामा सुनुवाइ नहुने भएको हो। यसअघि मङ्सिर १९ गते तोकिएको पेशी तोकिएको थियो। त्यतिवेला पनि ‘ हेर्न नभ्याइने’मै परेको थियो।
सरकारले टिकटकमा प्रतिबन्ध लगाएपछि अधिवक्ताद्वय अनन्तराम लुइँटेल र फर्सुराम पाण्डे तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मङ्सिर १ गते सर्वोच्चमा रिट दायर गरेका थिए।














