Logo
Logo

किराँती भेषमा पुगेका ओलीलाई भोजपुरमा भव्य स्वागत


1k
Shares

भोजपुर । नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्राको आज १४औं दिन अध्यक्ष ओलीसहितको टोली कोशी प्रदेशको पहाडी जिल्ला भोजपुर पुगेका छन् । मंगलबार कोशी प्रदेश प्रवेश गरेको अध्यक्ष ओली नेतृत्वको टोली ओखलढुंगा, उदयपुर र खोटाङ हुँदै भोजपुर आज आइपुगेको हो ।

बाग्लुङको झुलाघाटबाट सुरु भएको एमालेको यात्रामा पहिचानवादी पक्षले कोशी प्रदेशमा अवरोध गर्ने भनिए पनि आज किराती भेषमा पुगेकका ओली नेतृत्वको एमाले टोलीलाई खोटाङ-भोजपुरको सिमाना चखेवाभञ्ज्याङमा भव्य स्वागत गरिएको छ ।

ओली किराँती भेषमा सजिएका छन् । ढोल झ्याम्टासहित पुगेका स्थानीयले ओलीलाई स्वागत गरेका छन् । उक्त यात्रामा सहभागीलाई स्वागत गर्न गाउँगाँउबाट सर्वसाधारण आएका छन् । वृद्धवृद्धा बालबालिकाको उल्लेख्य सहभागिता छ । स्वागत गर्न आएकाहरू आफ्ना जातीय पहिरन र भेषभूषामा सजिएका छन् ।

प्रतिक्रिया दिनुहोस्