Logo
Logo

महेन्द्रको शालिक राख्ने विषय विवाद भएपछि महेन्द्रनगरमा निषेधाज्ञा जारी


945
Shares

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा स्वर्गिय राजा महेन्द्र विरविकम शाहको शलिक राख्ने विषयलाई लिएर राजनैतिक दलका कार्यकर्ता बीच मतभेद देखिएको भन्दै स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । आज राष्ट्रिय प्रजातन्त्र पार्टीले महेन्द्रनगरमा शलिकक स्थापना गर्ने भएपछि झडप हुने सम्भावना देखिएको भन्दै निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सुचना जारी गर्दै एक साता लागु हुनेगरि भीमदत्त नगरपालिका-४ को संविधान चोकदेखि पूर्वमा दशरथचन्दको शालिकसम्मको मुख्य सडक र पश्चिममा मदन भण्डारीको शालिकसम्मको मुख्य सडकखण्डमा निषेधाज्ञा जारी गरेको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोकुलकुमार अधिकारीद्वारा जारी आदेशमा भनिएको छ, ‘भीमदत्त नगरपालिका ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा शालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनीतिक दलहरुबिच मतभिन्नता भइ आएको सन्दर्भमा सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न तथा अत्यावश्यक सेवालाई निर्वाध सञ्चालन गर्नका निम्ति जिल्ला सुरक्षा समिति कञ्चनपुरको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६, ३ (क) बमोजिम देहायको क्षेत्रमा मिति २०८०/८/२८ गतेदेखि ७ दिनसम्मको लागि ५ जनाभन्दा बढी मानिस जम्मा भइ जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश जारी गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्