Logo
Logo

बालकृष्ण खाणको सुनुवाइ सकियो, आजै आदेश आउने


441
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको पुनरावेदनमाथि सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा बिहीबार सुनुवाइ सकिएको हो ।

खाणलाई छाड्ने या थुनामै राख्नेबारे आजै आदेश आउने भएको छ । जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएको थियो । १५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो ।

उच्च अदालत नियमावली तथा ऐनबमोजिम तेस्रो न्यायाधीशको इजलासले जनक पाण्डे र प्रकाश खरेलमध्ये कसको राय ठीक भन्ने आदेश गरेपछि खाणको हकमा टुंगो लाग्नेछ । पाण्डेले ३० लाख धरौटीमा छाड्न आदेश गरेका थिए । तर, खरेलले उनको संलग्नता अरु सरह देखिएको भन्दै जिल्लाको आदेश सदर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्