Logo
Logo

डिएसपीसहित प्रहरीका दर्जनौं पदमा बढुवा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ४ माघ ।
नेपाल प्रहरीका प्राविधिक तर्फका विभिन्न रिक्त पदहरुमा बढुवा सिफारिस भएको छ । शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठडले बढुवा सिफारिस गरेको हो ।


सूचीअनुसार ८ इन्सपेक्टर चिकित्सक डिएसपीमा बढुवा सिफारिस भएका छन् । जसमा डा सुमन प्रधान, डा नवीन रौनियार, डा सविता सिंह, डा आनन्द कुमार झा, डा अर्चना यादब, डा किरण कुमार केसी, डा सुरेन्द्र शाह र डा मुक्ति घिमिरे छन् ।
त्यस्तै कम्प्यूटर, संचार, विधिबिज्ञान, नर्सिङ, प्यारामेडिक्स, सवारी, आतभौप सेवातर्फका रिक्त पदमा पनि बढुवा सिफारिस भएको छ ।
प्रशासनतर्फ रिक्त पदमा भने सहमति हुन नसक्दा बढुवा अघि बढ्न सकेको छैन । प्रशासनतर्फ डिआईजीको एक, एसएसपीको १६ पद रिक्त छन् । एसएसपीमा कसलाई पहिलो नम्बरमा बढुवा गर्ने भन्ने विवाद छ । प्रधानमन्त्री आइतबार स्वीजरल्याण्ड जाने भएकाले त्यसअघि बढुवा हुने सम्भावना नरहेको स्रोत बताउँछ ।
बढुवामा प्रधानमन्त्रीको कुनै भूमिका नहुने भएपछि महत्वपूर्ण बढुवामा प्रधानमन्त्रीकै सिफारिस अन्तिम हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्