काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । पुस १२ गतेदेखि बस्नेगरी बैठक बोलाइएको कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।
शुक्रबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठकको मिति तोकेको हो । बैठकमा माघ ११ गते हुने राष्ट्रियसभा पार्टीको तर्फबाट उम्मेदवार छान्नेबारे छलफल गर्न लागिएको बताइएको छ ।

आजको बसेको बैठकले महासमितिको मितिसमेत सार्ने निर्णय गरेको छ । महासमिति बैठक अब फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा बस्ने कांग्रेसले जनाएको छ ।














