Logo
Logo

मिसन २०८४ कै लागि हो संकल्प यात्रा : ओली


378
Shares

तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले प्रभाकारी ढंगले देश विकासको काम गरिरहेका अवस्थामा षडयन्त्रपूर्ण ढंगले सत्ताबाट हटाउने काम भएको बताएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत शुक्रबार तेर्हथुमको आठराई गाँउपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले एमाले सरकारले मुलुकमा असाधारण बिकासको काम गर्न खोजेकाले षडयन्त्रपूर्ण ढंगले सत्ताबाट हटाउने काम भएको आरोप लगाएका हुन् ।

एमालेलाई सरकारबाट हटाएपनि जनतामा प्रभाव बिस्थापित गर्न नसकेको र लोकप्रिय पार्टी हुन सफल भएको उनले दावी गरे । अध्यक्ष ओलीले मिसन २०८४ का लागि झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आयोजना गरेको र लाखौँ जनता सहभागी भएको समेत दावी गरे ।

मुलुकलाई अप्ठेरोबाट अघि बढाउनका लागि सहि नीतिको आवश्यकता रहेको र त्यो एमालेमा मात्रै भएको उनले जिकिर गरे । बैतडीको झुलाघाटबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्