काठमाडौं, १२ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मदिन केक काटेर मनाएका छन् । सहयोगी र मन्त्रीपरिषद्का केही सदस्यहरुबीच बालुवाटारमा जन्मदिन मनाइएको हो ।

प्रधानमन्त्री ओली जन्मदिनको अवसरमा आइतबार आफ्नो जन्मघर तेह्रथुमको आठराई जाने कार्यक्रम छ ।












