Logo
Logo

अब ठूला दलका नेताले देश बनाउँछ भनेर विश्वास गर्ने अवस्था छैन : रवि लामिछाने


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चाँडै मिसन ८० सार्वजनिक गर्ने बताएका छन् । शनिबार रास्वपा काठमाडौं क्षेत्र नम्बर ९ ले नैकापमा आयोजना गरेको सभामा लामिछानेले रास्वपाको मिसन ८४ मा दलहरुको आँखा लागेकाले चाडै मिसन ८० सार्वजनिक गर्ने बताएका हुन् ।

उनले मिशन २०८४ लाई जनताले साथ दिए एकैपटक बेतिथीलाई अन्त्य गर्न सक्ने दावी गरे । उनले मिशन २०८४ मा अन्य दलको दावा हो भने ८४ सम्म रास्वपालाई सरकार चलाउन दिए ८४ मा प्रचार नगरि निर्वाचन लड्ने जिकिर गरे । हरेक दिन एउटा एउटा काण्ड आउने गरेकाले विरोध र आन्दोलन गरेर साध्य नहुने उनको भनाइ थियो ।

त्यस्तै, उनले रास्वपा एक्लै निर्वाचन लड्ने भन्दै अन्य दलहरुले आगामी राष्ट्रियसभा निर्वाचनमा एक्लै चूनाव लड्ने आँट गर्न नसकेको जिकिर गरे । ठूला भनिएका दलहरुले मदन–वीपीको नाम बेच्ने गरेको बताउँदै लामिछानेले आफूहरुसँग सुशासनको एजेण्डामात्र भएको बताए ।

सभापति लामिछानेले नेताहरुले आफन्तलाई भागबण्डा गरेर देश डुबाएको आरोप लगाउँदै अब ठूला दलका कुनै नेताले देश बनाउँछ भनेर विश्वास गर्न नसकिने धारणा राखे । उनले आगामी निर्वाचनमा जनताले चुनेरै पठाएका व्यक्तिलाई उम्मेदवार बनाउने घोषणा गर्दै आफ्नै एजेण्डा र मुद्दा बोकेर अगाडि बढ्ने स्पष्ट पारे ।

त्यस्तै, रास्वपा कोषध्यक्ष लिमा अधिकारीले गरिवी, अशिक्षा र कुशासनमा देश फस्न थालेको र यसले आउदो पुस्ताको भविष्यमाथि प्रश्न उठ्न थालेको बताउनुभयो । उहाले बिगत ६ महिनामा भ्रष्टाचारका धेरै काण्ड आएपछि निष्पक्ष छानविन हुन नसकेको जिकिर गरे ।
अधिकारीले बिभिन्न काण्ड मचाउनेहरुले राज्यमा बसेकाहरुलाई अनुचित लाभको प्रलोभन देखाएर लोकतन्त्रको खिल्ली उडाएको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्