पाँचथर। नेकपा एमालेको सभामा सहभागी भएर घर *फर्कँदै गर्दा गाडीबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर हिलिहाङ गाउँपालिका–५ का ४८ वर्षीय प्रेम संग्रौला रहेका छन् ।

प्रहरीका अनुसार एमाले अध्यक्ष केपी आलीको भाषण सुनेर फिदिमबाट घर फर्कने क्रममा संग्रौला फिदिम नगरपालिका–४ शान्तिपुरमा गाडीको छतबाट खसेका थिए । मृत्यु भएका संग्रौलाको शव जिल्ला अस्पताल पाँचथर राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।
एमालेले सुरु गरेको झुलाघाट चिवाभन्ज्याङ समृद्विका लागि संकल्प यात्राका क्रममा शनिबार पाँचथरको फिदिममा जनसभा आयोजना गरेको थियो । *सम्पादन गरिएको














