
काठमाडौं । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ । तराई–मधेसका केही जिल्लामा भने हुस्सु÷कुहिरो लागेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।
बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । यस्तै, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।














