Logo
Logo

सर्वोच्चका प्रस्तावित २ न्यायाधीशको संसदीय सुनुवाइ हुँदै


441
Shares

फाइल फाेटाे

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाहलमा बस्नेछ ।

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगानाबारे बैठकमा सुनुवाइ हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछ । यसअघि सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको सुनुवाइ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्