Logo
Logo

एमालेको ‘संकल्प यात्रा’ आज सकिँदै


378
Shares

काठमाडौं । नेकपा एमालेले सञ्चालन गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आजबाट सकिँदैछ । गत मंसिर १४ गते सुदूरपश्चिम प्रदेशको बैतडीबाट सुरु भएको संकल्प यात्रा आज अन्तिम दिन चिवाभञ्ज्याङ पुगेर समापन गरिने भएको हो ।

पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलनसहित यात्राको समापन हुने एमालेले जनाएको छ ।आजको यात्रा १ सय १ किलोमिटर रहेको छ । यात्रा टोली साँझ बास बस्न फिदिममा नै फर्कनेछ भने टोली सोमबार बिहान काठमाडौंका लागि प्रस्थान गर्नेछ ।

यात्रामा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरू सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्