Logo
Logo

प्रचण्डप्रति लेखनाथको कटाक्ष: लुम्बिनीबाट सुरु भएको रुपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन !


2.7k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले माओाावादीको रुपान्तरण अभियान लुम्बिनी विकास कोषको नियुक्तिबाट शुरु भई गोकर्ण रिसोर्टमा पुगेर समापन भएको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका न्यौपानेले सामाजिक सन्जालमार्फत् पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दै ‘लुम्बिनी विकास कोषको नियुक्तिबाट शुरु भएको रुपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन’ भएको टिप्पणी गरेका हुन् ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारले ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पटक–पटक पक्राउ परेका ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि पार्टीभित्रै आलोचना भएको थियो ।

अहिले फेरि प्रचण्डका नातिनी (भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालका छोरी)को बिहे शुक्रबार गोकर्ण फरेष्ट रिसोर्टमा भव्यरुपमा गरिएको विषयलाई लिएर प्रचण्डको आलोचना भइरहेको छ ।

लुम्बिनी विकास कोषमा विवादित लामाको नियुक्ति र प्रचण्डका नातिनीको बिहेको सन्दर्भ जोडेर सामाजिक सन्जालमार्फत् न्यौपानेले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्