Logo
Logo

भूमण्डलीकरणको बहुआयमिक दवाव छिचोल्ने शिक्षा प्रणाली आवश्यकः प्रधानमन्त्री


1.5k
Shares

बर्दिवास । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा भूमण्डलीकरणको बहुआयमिक दवाव छिचोल्ने शिक्षा प्रणाली चाहिएको बताएका छन् ।

आइतबार दिउँसो जनता मावि गौरीडाँडाको स्वर्ण जयन्ती समारोहमा प्रधानमन्त्री ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीको डिटिजल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयमिक दवावमा गरेको भन्दै आधारभूत तहदेखि नै हाम्रो पाठय्क्रममा युगसापेक्ष गुणात्मक परिमार्जन आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘एक्काइसौँ शताब्दीको डिटिजल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयमिक दवावमा पर्दै आएका छन्। तसर्थ, आधारभूत तहदेखि नै हाम्रो पाठय्क्रममा युगसापेक्ष गुणात्मक परिमार्जन राष्ट्रिय अनिवार्यता बन्न पुगेको छ। हाम्रो शिक्षाले देशभक्तिपूर्ण भावना, समाजप्रतिको उत्तरदायित्व, विज्ञानसम्मत प्रगतिशील सोंच र दृष्टिकोण, आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सक्नुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस्