Logo
Logo

प्रस्तावित न्यायाधीशद्वय पोखरेल र ढकालको संसदीय सुनुवाइ हुँदै


441
Shares

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको आज (सोमबार) सुनुवाइ हुँदैछ ।

संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीशद्वयको सुनुवाइ गर्दैछ ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ११ बजे उक्त समितिको बैठक बस्नेछ ।
सर्वोच्चका प्रस्तावित न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको बैठकमा सुनुवाइ हुने कार्यसूची रहेको संसद् सचिवालयका कार्यवहाक महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछ ।

यसअघि महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको संसदीय सुनुवाइ भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्