Logo
Logo

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीको चासो, भन्छन्- सरकारको पहल जारी छ


252
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा चासो देखाएका छन् । उनले फोहोर व्यवस्थापनको चुनौतीलाई सरकारले गम्भीरताका साथ पहल गरिरहेको बताए ।

उनले फोहोर व्यवस्थापन समस्याको दीर्घकालीन समाधानको खोजीमा सरकार दत्तचित्त भएको बताएका छन् ।
आज (सोमबार) ललितपुर महानगरपालिकाको १०५औैं स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

उनले फोहोर व्यवस्थापनको समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहको सरकारबीच सहकार्य आवश्यक भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन र खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेरै नेतृत्वमा पहल भइरहेको छ । यसका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्य हुन आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्