काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानअनुसार अहिलेको निर्वाचन प्रणालीबाट कुनै पनि पार्टीको बहुमत नआउने बताएका छन् । कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनलाई सोमबार सम्बोधन गर्दै एकल बहुमत आउन धेरै गाह्रो भएकाले कसै न कसैसँग मिल्नुपर्ने बाध्यता भएको उनले बताए ।
‘हाम्रो पार्टी गएको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनेको थियो । तर, हामीले बहुमत पु-याउन सकेनौँ’ सभापति देउवाले भने, ‘त्यसैले हामीले कसै न कसैसँग मिल्नुपर्छ । तपाईंहरूलाई थाहा छ, हाम्रो पार्टीमा घात, अन्तर्घात पनि छ । खुट्टा तानातान पनि पार्टीमा भइरहेकै हो, अहिले होइन पहिलेदेखि नै । त्यसैले हाम्रो पार्टीलाई पनि सुर्धानुछ ।’

पार्टीभित्र घात, अन्तर्घात गर्नेलाई कारबाही गरौँ भन्दा नेताहरुले नै कारबाही गर्न पाइँदैन भन्ने गरेको सुनाए । उनले आगामी निर्वाचनमा एकल बहुमत नभए ठूलो पार्टी बनाउन एकसाथ अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे ।














