काठमाडौं । थाइल्याण्डका लागि आवासीय राजदूतमा धनबहादुर वली नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार वलीलाई थाइल्याण्डका लागि आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले वलीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।














