Logo
Logo

यस्तो छ आगामी तीन दिनको मौसम


1.6k
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज (मंगलबार) दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ भने बाँकी भू–भागमा मौसम सफा रहने उक्त महाशाखाले बताएको छ ।

त्यस्तै राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

त्यसैगरी भोलि (बुधबार) दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

राति देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

पर्सि (बिहीबार) दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिन देशभरिको तापक्रम घट्नेक्रम रहेकोले चिसोबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्