
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आज (मंगलबार) समापन हुँदैछ ।
पुस १ गतेदेखि सुरू भएको पार्टी केन्द्रीय समिति बैठक आज समापन हुने राप्रपाले जनाएको छ ।
राप्रपाले तीन दिनयता पार्टी केन्द्रीय सदस्यहरूले पेश गरेका प्रतिवेदनमाथि छलफल गर्दै आएको छ ।
उक्त छलफल हिजो (सोमबार) सकिए पनि प्रतिवेदनमाथि उठेका सवाल र पार्टीले लिने निर्णयबारे आज पनि बैठक बस्ने महामन्त्री धवल शमशेर राणाले बताए ।
राणाका अनुसार हिजोको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले पेश गरेको राजनीतिक प्रतिवेदन, महामन्त्री धवल शमशेर राणाले बृहत् आन्दोलनसम्बन्धि तयार पारेको कार्ययोजना, कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदार बहादुर अधिकारीले पेश गरेको सचिवालयसम्बन्धि प्रतिवेदनमाथि सामूहिक छलफल भएको थियो ।
आजको बैठक बिहान १०ः३० बजे बस्ने छ ।














