Logo
Logo

पदावधि सकिँनै लाग्दा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको नागरिकता ऐनमाथि असन्तुष्टि


378
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नागरिकता ऐन पारितप्रति असन्तुष्टि जनाएका छन् ।

आज (मंगलबार) बिहान महिला कानुन र विकास समाजद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विवाह हुने बित्तिकै विदेशी चेलीले नेपाली नागरिकता पाउने विषय बहसमा रहेको बताए ।

उनले छिमेकी मुलुक भारतको नागरिकता ऐनलाई स्मरण गर्दै भने, ‘भारतमा यो सम्बन्धी सात वर्षको प्रावधान रहेको छ, तर नेपालले विदेशी चेलीलाई बिहे गर्नेवित्तिकै नागरिकता दिनु बहसको विषय बनेको छ ।

‘संसद्बाट नागरिकता ऐन विवादै विवादका बीच पारित भएको छ, विवाह हुनेबित्तिकै विदेशी चेलीले नेपाली नागरिकता पाउने विषय बहसमा छ ।’ उनले भने, ‘छिमेकी देश भारतमा सात वर्षको प्रावधान छ ।’

देशको भूराजनीतिक अवस्थाको कारणले सबै अवस्था एकै र सहज हुन्छ भन्ने छैन । यी विषयमा छलफल गर्नु आजको आवश्यकता हो ।

यसअघि उनले यसबारे केही नबोले पनि पदावधि सकिँनै लाग्दा असन्तुष्टि जनाएका छन् । उनको पदावधि अवको केही महिनामा सकिँदैछ ।

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभाको बैठकले २०७९ साउन ६ गते बहुमतले पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्