Logo
Logo

जाजरकोट भूकम्प- १० करोड पशुपंछीको क्षति


504
Shares

जाजरकोट । कर्णाली प्रदेश सरकारले गत कात्तिक १७ गते जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट दश करोडको पशुपंछी क्षति भएको तथ्यांक प्रस्तुत गरेको छ ।

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्रको सहकार्यमा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘विपद्पश्चात् हरित पुनःस्थापना’ विषयक सरोकारवालासँगको छलफल कार्यक्रममा कृषि मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले उक्त तथ्यांक प्रस्तुत गरेका हुन् ।

प्रवक्ता कठायतले प्रस्तुत गरेको तथ्यांकअनुसार भूकम्पबाट सबैभन्दा ठूलो क्षति पशु गोठमा पुगेको छ । जहाँ एक हजार पाँच सय ५३ गोठ भत्कदा किसानको पाँच करोड ५० लाख क्षति भएको छ ।

त्यस्तै, गाई बाख्रा, भैँसी, बंगुरलगायतका पाँच सय १३ पशु चौपायको मृत्युले दुई करोड ५० लाखको क्षति भएको प्रवक्ता कठायतले जनाए ।

त्यस्तै, जाजरकोटका एक सय ५२ घरका एक हजार ४८ घार नष्ट हुँदा एक करोड १९ लाख माहुरी र महमा क्षति भएको छ जनाइएको छ ।

त्यसैगरी, ८८ मेटिक टन खाद्य नष्ट हुँदा रु ३८ लाख क्षति भएको उनले बताए । भूकम्पले १९ हजार दुई सय ६२ घर पूर्ण क्षति भएको जनाइएको छ ।

एक सय वर्गमिटरमा पाल टाँगेर बस्दा एक सय ८२ हेक्टर जमिनको गहुँतोरीमा क्षति पुगेको र त्यसबाट चार सय ८० मेट्रिक टन खाद्य उत्पादन कमी आएको तथ्यांक उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्