Logo
Logo

श्रीलंकाका विदेशमन्त्री नेपाल आउँदै


315
Shares

काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री नेपाल भ्रमणमा आउँदैछन् । उनी आज (बुधबार) चारदिने भ्रमणका लागि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन साब्री नेपाल आउन लागेका हुन् ।

नेपाल–श्रीलंका संयुक्त आयोगको बैठक पुस ५ र ६ गते काठमाडौंमा आयोजना गरिएको छ ।

उक्त बैठकमा नेपाल सरकारका विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले गर्नेछन् ।

दुई देशको सम्बन्धको आयामबारे बैठकमा छलफल र समीक्षा गरिने बताइएको छ ।

विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन् भने उनी पुस ७ गते स्वदेश फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्