
काठमाडौं । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशका विषयमा निर्णय गर्न बिहान ११ बजे बैठक बोलाइएको हो।
गत मंसिर ५ गते न्यायपरिषद्ले गरेको नियुक्ति सिफारिसमा २९ देखि संसदीय सुनुवाइ समितिले सुनुवाइ थालेको थियो। सुनुवाइ सोमबार सकिएको थियो ।
प्रस्तावित ६ न्यायाधीशमा बालकृष्ण ढकाल, सुनीलकुमार पोखरेल, टेकप्रसाद ढुंगाना, महेश शर्मा पौडेल, सारंगा सुवेदी र अब्दुल अजिज मुसलमान छन् । समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।














