Logo
Logo

डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचन लड्न नपाउने


1k
Shares

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपतिका लागि चुनाव लड्न नपाउने भएका छन् । कोलोराडो राज्यस्थित सर्वोच्च अदालतले २०२४ को राष्ट्रपतीय निर्वाचन लड्न ट्रम्प अयोग्य रहेको फैसला सुनाएको हो ।

अमेरिकी संविधानको १४औँ संशोधनको धारा ३ को प्रयोग गरी राष्ट्रपति चुनावका लागि अयोग्य ठहर गरिएको यो पहिलो पटक हो । यसअघि अमेरिकाका धेरै राज्यमा ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाउने प्रयास असफल भएका थिए ।

मंगलबार गरिएको फैसला कोलोराडो राज्यमा मात्र लागू हुनेछ । यस निर्णयमा पुनरावेदन विचाराधीन छ । कोलोराडेको सर्वोच्च अदालतले आफ्नो फैसलामा भनेको छ, ‘हामी यो निष्कर्षमा त्यत्तिकै पुगेका होइनौँ, हामी हाम्राअगाडि रहेका प्रश्न र तिनका नतिजा कत्ति भयंकर हुनेछन् भन्ने कुरामा हामी सचेत छौँ ।’

फैसलामा अगाडि भनिएको छ, ‘त्यसैगरी हामी कानुनको कार्यान्वयन गर्ने हाम्रो गम्भीर कर्तव्यप्रति सचेत छौँ। र, कुनै डर, पक्षपातबिना तथा जनताको प्रतिक्रियाबाट प्रभावित नभई कानुनसम्मत फैसला गरेका हौँ।’

प्रतिक्रिया दिनुहोस्