Logo
Logo

पूर्वमन्त्री न्यौपानेको निधन


2.6k
Shares

काठमाडौं । पूर्व सूचना तथा सञ्चार सहायक मन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । लामो समयदेखि कलेजको समस्याबाट पीडित न्यौपानेको ६५ वर्षको उमेरमा शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचारका क्रममा निधन भएको हो ।

केही दिनमा कलेजो प्रत्यारोपण गर्ने तयारीमा रहेका न्यौपानेको आज बिहान ४ बजेतिर निधन भएको हो । उनको शव पशुपतिको शव चिस्यान कक्षमा राखिएको छ ।

कालिकोटको रास्कोट नगरपालिका–८ स्थायी घर भएका न्यौपाने २०५१ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कालिकोटमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्