Logo
Logo

भूकम्प : प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २४ करोडभन्दा बढी रकम जम्मा


252
Shares

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २४ करोडभन्दा बढी रकम जम्मा भएको छ ।

हालसम्म २४ करोड ३८ लाख ११ हजार आठ सय ७८ रुपैयाँ जम्मा भएको उक्त कोषले जनाएको छ ।

कोषका अनुसार भूकम्पपछि सरकारले राष्ट्रिय वाणिज्य बैंक कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड लगायत ९ वटा खातामा रकम जम्मा गरी आर्थिक सहयोग गर्न आह्वान गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार देशका विभिन्न बैंक तथा सहयोगीहरूले उक्त रकम कोषमा जम्मा गरेका छन् ।

कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पमा परि हालसम्म एक सय ५७ जनाको ज्यान गएको छ भने २६ हजार पाँच सय ५७ वटा घर पूर्ण क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्