Logo
Logo

युएईबाट काठमाडौं आएको जहाजको शौचालयमा नवजात शिशु फेला, महिला पक्राउ



काठमाडौं । यूएईको सारजाह विमानस्थलबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ ।

बुधबार बिहान करिब ९ बजे अवतरण गरेको जहाजको शौचालयमा मृत अवस्थामा शिशु फेला परेको थियो ।

एक महिला यात्रुले जहाजको शौचालयमा बच्चा जन्माएको पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताए । ती यात्रु कहाँकी हुन् भन्ने खुलेको छैन ।

प्रवक्ता झाका अनुसार शौचालयमा मृत अवस्थामा शिशु फेला परेको थियो । ती महिला यात्रु र मृत शिशुलाई अस्पताल लगिएको छ ।
यो घटनामा प्रहरी वृत्त गौशालाले अनुसन्धान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्