Logo
Logo

निजगढमा दुई मोटरसाइकल आपसमा ठोक्कियो,  दुई जनाको मृत्यु


1.1k
Shares

बारा । बाराको निजगढमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

बुधबार साँझ निजगढ नगरपालिका ९, नजिक निजगढदेखि उदयपुर जाँदै गरेको प्रदेश १–०५–००१ प ५४९७ नम्बरको मोटरसाइकल र रौतहटको चन्द्रनिगाहपुरबाट निजगढतर्फ आउँदै गरेको बा–९७प ९४४ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक उदयपुर नगरपालिका २, कटारीका चन्द्रदीप लामा र अर्का मोटरसाइकल चालक रौतहट चन्द्रपुर नगरपालिका ३, पौराईका बुद्धबहादुर बलको घट्नास्थलमै मृत्यु भएको हो ।


तीव्र गतिमा रहेको मोटरसाइकल आपसमा ठोक्किँदा पछाडि बसेका चन्द्रपुर ३, पौराईका बाबुराम सुनार सख्त घाइते भएको जिल्ला जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रमुख रामकुमार महतोले जानकारी दिए ।

महतोका अनुसार सुनारको टाउकोमा चोट लागेको छ । उनलाई थप उपचारका लागि वीरगन्ज रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्