Logo
Logo

सरकारको विरोध गर्नु भनेको व्यवस्थाकै विरोध गर्नु हो : मन्त्री किराती


945
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अहिलेको सरकारको विरोध गर्नु भनेको व्यवस्थाकै विरोध गर्नु रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रिष्टमस महोत्सवमा बोल्दै मन्त्री किरातीले अहिले सरकारमाथि भइरहेको आक्रमण गणतन्त्रसहित परिवर्तनमाथिको आक्रमण भएको बताए ।

उनले सबै मिलेर संविधान बनाएकाले गरिबीको अन्त्यका लागि पनि मिलेर नै अघि बढ्नुपर्ने धारणा राखे । अरुलाई विरोध गरेर आफू सावित हुने काम नयाँ भनिएकाहरूले गरेकाले एजेण्डामार्फत् मुद्दा स्थापित गर्न सक्नुपर्ने उनको भनाइ छ ।

मन्त्री किरातीले एउटा जाति एउटै भेष भन्दै राजतन्त्रका बेला अरु धर्महरूलाई पेल्ने काम भएको र अहिले मुलुकमा गणतन्त्र आएपछि सबै धर्म जात बराबर भएको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्