
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
आज (बिहीबार) लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ ।
तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।
त्यस्तै राति देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । देशभरिको तापक्रम घट्नेक्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउँन महाशाखाले आग्रह गरेको छ ।














